नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय बैतडी
बैतडी

हाम्रो बारेमा

जिल्लाकाे परिचय

बैतडी जिल्ला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो ।  विभिन्न साना ठुला पहाड, खोच, बेशीहरुबाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ । यसको उत्तरमा दार्चुला, पुर्वमा बझाङ्ग र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्ला पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग कि.मि.छ, जुन नेपालको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू–भाग पर्न आउछ । नेपालको प्रशासननिक विभाजनमा ३५ जिल्ला हुदा यो जिल्ला डोटी जिल्ला अन्तर्गत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लाबाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो । अमर शहिद दशरथचन्दको जन्मथलो भएको हुनाले नेपालको इतिहासमा यो जिल्लाको नाम सुनौलो अक्षरबाट लेखिएको छ ।

 १. जिल्लाको भौगोलिक अवस्था :-
बैतडी जिल्ला नेपालको सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रमा पर्ने महाकाली अञ्चलको पहाडी जिल्ला मध्ये एक हो । यो बैतडी जिल्ला २९ं १९ं देखी २९ं ४१ं  उत्तरी अक्षांश र ८०ं १५ं देखी ८०ं ५४ पुर्बी देशान्तरमा अवस्थित छ । यहाको भु–भाग समुद्र सतह बाट ३९० मिटर देखी २९५० मिटर सम्मको उचाईमा फैलिएको छ । यसरी उचाईको हिसावले अवस्थित सबै भन्दा होचो भागमा रहेको शर्माली  ३९० मिटर र सबै भन्दा अग्लो भागमा रहेको कोटपेटरा २९५० मिटरमा पर्दछ ।

जिल्लाको सिमाना पुर्बमा बझाङ्ग र डोटी जिल्ला, पश्चिममा भारतको उत्तराञ्चल प्रदेशको पिथौरागढ र चम्पावत जिल्ला, उत्तरमा दार्चुला जिल्ला र दक्षिणमा डडेल्धुरा र डोटी जिल्ला पर्दछन । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ बर्ग किलोमिटर छ भने जस मध्ये  वन जंगल ६४५.१३ बर्ग किलोमिटर, झाडी ११०.९६ बर्ग किलोमिटर, चरन २०४ बर्ग किलोमिटर , कृषि क्षेत्र ५३०.१७ बर्ग किलोमिटर रहेको छ । पक्की सडक १२५ कि.मि.रहेको छ ।

२. सामाजिक अवस्था :– यस जिल्लामा जनसंख्याको आधारमा क्षेत्री ४६.९ प्रतिशत, ठकुरी ९.१ प्रतिशत, ब्राह्रमण ३१.५ प्रतिशत, दलित जनजाती तथा अन्य २२.५ प्रतिशत धर्म अनुसार हिन्दु धर्म ९९.१ प्रतिशत अन्य ०.९ प्रतिशत रहेका छन । विभिन्न जातीका मानिसहरु एक आपसमा मिलि सामाजिक सदभाव कायम गरी बसोबास गर्दै आएका छन । हालसम्म सामाजिक सदभाव बिग्रने खालका कुनै पनि किसिमका घटनाहरु घटेका छैनन् । यस जिल्लामा बसोबास गर्ने अधिकांश  मानिसहरुले हिन्दु धर्म मान्ने र एउटै समुदायका मानिस बसोवास गर्दछन । सामाजिक सदभावको अवस्था राम्रो पाईन्छ  ।
३.आर्थिक अवस्था :– यस जिल्लामा आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सडक संजालको संग संगै आर्थिक विकासको गतिविधिमा समेत सुधार आएको छ । जिल्लाका विभिन्न स्थानमा विकास निर्माणका योजनाहरु कार्यान्वयन भई रहेका छन । जस्को कारणबाट जनताहरुको आर्थिक अवस्थामा समेत सुधार आएको छ । जिल्लाका विभिन्न स्थानहरुमा बैंक तथा वित्तिय संस्थाहरु स्थापना भई आर्थिक विकासमा टेवा पुर्याई रहेका छन ।

४ राजनैतिक अवस्थाः– राजनैतिक हिसाबले यस जिल्लामा दुई वटा  निर्वाचन क्षेत्र  तथा १३ ईलाका, ४ नगरपालिका र ६ गाउ पालीकाहरु रहेको छ ।

विकास क्षेत्र अञ्चल सदरमुकाम नगरपालिका संख्या गा‍उ पालीका संख्या
सुदूरपश्चिमाञ्चल महाकाली खलंङ्गा गढी ४(४० वडा) ६(४४ वडा)
जनसंख्या
जनसंख्या पुरुष महिला जनसंख्या वृद्धिदर घरधुरी औसत परिवारसंख्या जनघत्व
२,५०,८९८ (स्रोत केन्द्रिय तथ्यांक विभागको तथ्यांक ,२०६८) १,१७,४०७ १,३३,४९१ १.५८ ४५१९१ ५.५५ १६५ प्रति व्यक्ति वर्ग कि.मी.

साक्षरता :६२.९७ प्रतिशत     महिला : ४९ प्रतिशत     पुरुष : ७९ प्रतिशत

वर्षा : १२६.६७ मिलिमिटर         तापक्रम (सरदर) : १५.०८ देखि २४.६३ डिग्री सेल्सियस           हावापानी : समशीतोष्ण , शीतोष्ण

प्रमुख नदीनालाहरु : महाकाली, चौलानी, सुर्नया, जमाडी, गर्मा, आगरी, सेती, पेल्या,ढिकगाड, प्यानीगाड, वागागाड, कोटिलीगाड, निलगाड,कन्सनी गाड, पल्मोडीगाड आदि ।

भू–उपयोग : वन क्षेत्र : ५८,५८२ हेक्टर (३४ प्रतिशत)         चरन: १९,१९९ हेक्टर (१२.९ प्रतिशत)       कृषि: १२,४४९ हेक्टर

जातीय आधारमा जनसंख्या प्रतिशत
ब्रामण/क्षेत्री : ७८ प्रतिशत        जनजाती : २ प्रतिशत      दलित : १३ प्रतिशत        अन्य : ७ प्रतिशत                             

  स्राेत  जिल्ला प्रशासन कार्यालय, बैतडी

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)